काठमाडौं, ३१ साउन । टोखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता र विशिष्ट आतिथिमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, अतिथिमा टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ लगायत टोखा नगरपालिका वडा नं १ अध्यक्ष रमेशकुमार लामिछाने, वडा ३ अध्यक्ष रमेश डंगोल, वडा ४ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा ६ को वडा अध्यक्ष शान्ता खनाल, छत्रकोट गाउँ पालिकका पूर्व अध्यक्ष मधुकृष्ण पन्त, टोखा नेवाः गुठीका अध्यक्ष रमेश नापित, टोखा संस्कृति संररक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखा मुल नायके हेमराज श्रेष्ठ, टोखाको पहिलो वृत्तचित्र निर्देशक सानुकाजी थापाको उपस्थितिमा वृत्तचित्र निमार्ण सम्झौता कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रमको स्वागत मन्तव्यमा संस्थाका उपाध्यक्ष बुद्ध श्रेष्ठले कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले चाकुलाई विश्व बजारमा पुर्याउनको लागि अत्यन्त मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् । सबै चाकुलाई नेपाल लगायत विश्व बजारसम्म पु¥याउन विभिन्न माध्यम प्रयोग गर्नुपर्ने भएकाले प्रचारप्रसार गर्नको लागि वृत्तचित्र निर्माण गर्न लागेको बतााएका छन् ।

साथै वृत्तचित्र निर्माण पछि टोखाको चाकुले अझ व्यापक रुपमा बजार पाउनेमा विश्वसत भएको बताए । हाम्रो समाजका पदाधिकारीहरू एक ढिक्का भएर अगाडि बढिरहेको कुरा बताउनु भयो । कार्यक्रममा माननीय मन्त्री प्रदिप पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन संस्थाका महासचिव रामराज श्रेष्ठले गर्नुभयो थियो । उक्त कार्यक्रममा टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापा बिच “टोखा चाकु वृत्तचित्र” निर्माणमा हस्ताक्षर तथा सम्झौता सम्पन्न भयो ।

 

वृत्तचित्र निर्माता सानुकाजी थापा को हुन् ?
काठमाडौ जिल्ला, तारकेश्वर नगरपालिका वडा–१, तत्कालीन साङ्ला गा.वि.स. निवासी श्री सानुकाजी थापाले २०५९ सालबाट अन्तर्राष्ट्रिय वृत्तचित्र निर्देशकहरु श्री ध्रुब बस्नेत तथा श्री मोहन मैनालीको प्रेरणाले भिडियो पत्रकारीता सुरू गरेका हुन् ।

जिवनको दुई दशक भिडियो पत्रकारीता बिताएका थापाले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता डकुमेन्ट्रीहरुमा काम गरिसकेका छन् ।

उनले काम गरेका वृत्तचित्रहरू ध्रुब बस्नेत तथा मोहन मैनालीले निर्माण तथा निर्देशन गरेका रातो मछिन्द्रनाथ, Love for a Longer Life, (रक्ताम्य गहराहरु) The Killing Terrace_ Six Stories, Schools in the Crossfire, बरू मर्न पाएको भएजाती, जोगिमाराका लाएतका अन्तर्राष्ट्रिय स्तरको वृत्तचित्रमा काम गरिसकेका थापाले २०६० मा सालमा आफ्नै निर्देशनमा बनेको बिष्केट जात्रा अफ टोखा नेपाल पर्यटनवोेर्डले आयोजना गरेको एसियन वृत्तचित्र प्रतियोगिता प्रथम पुरस्कार हाँसिल गरेको, सोही वृत्तचित्रले गोपिकृष्ण फिल्म फेस्टिबलमा दर्शक अवार्ड प्राप्त गरेको थियो।

२०६१ सालमा झोर, झरना र पर्यटन नामक वृत्तचित्र निर्माण गरि साविक झोर मंहाकाल गाविस हाल टोखा नपा–१ लाई चिनउने काम गरेका छन् ।

सानुकाजी थापाले बनाएको “बालुवमा अड्केको सास” ले २०६४ सालमा भारतमा सम्पन्न जिविकोपार्जन सम्बन्धि वृत्तचित्र महोत्सवमा तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । यसै गरि नुवाकोटको वलामि जातिमा हुने बाल विवाहलाई समेटेर ञद चाईल्ड म्यारिज अफ कागति गाउँ ञ २०७९, झोरमा रहेको जलेश्वर झरना वृत्तचित्र निर्माण गरि पिम नेपाल फिल्म फेस्टिबलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जित्न सफल भएका थिए ।

कामको सिलसिलामा नेपालका ७७ वटै जिल्ला घुमिसकेका सानुकाजी थापाले बिगत २० बर्ष देखि टोखाका विभिन्न जात्रा पर्वहरू र विशेष गरी टोखाको चाकुलाई पहिलो पटक संचार माध्यम मार्फत प्रचार प्रसार गरि यस समुदायको हक हित अधिकारको बारेमा सधैं अगाडि बढाईरहेको र करिव दश बर्ष देखि टोखाको चाकुलाई भिडियो मा कैद गरिहेको र यस वृत्तचित्र निर्माण गरी देश बिदेशमा प्रचार प्रशार गर्नका लागि नेपाली, अंग्रेजी र नेपाल भाषामा निर्माण गर्नको लागि “टोखा चाकु” नामक वृत्तचित्रको निर्माण गर्न लागिएको जानकारी दिए ।

 

Facebook Comments Box