काठमाडौं, १८ भाद्र । यसपालिको दसैंंमा नयाँ नोट प्रयोग गर्न नपाइने भएको छ । हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने छ ।
दसैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिंदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comments Box