गुल्मी, २३ भाद्र । गुल्मी जिल्लाको कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको छ । निजामति सेवा दिवसको अवसरमा थुनुवामा रहेका कैदीबन्दीका लागि ५० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकसहित पुस्तकालय स्थापना गरिएको हो ।

विभिन्न कसुरमा थुनुवामा रहेका कैदीबन्दीको मागअनुसार पहिलो पटक कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले बताएका छन् । कारागारका कैदीबन्दीहरूले अबदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् ।

पुस्तकको अध्ययनसँगै कैदीबन्दीको सोचाइ र जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् । २५ जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा अहिले एक सय एक जना पुरुष र सात जना महिलासहित एक सय आठ जना कैदी बन्दी रहेका छन् ।

 

 

 

Facebook Comments Box