काठमाडौं, २३ भाद्र । नेपालमा युवाहरुको विभिन्न समूह, संघ, संस्थाहरुले समाज सुधारका लागि विभिन्न सामाजिक कार्यमा एकजुट भएर लागेको देखिन्छ । अनाथ बालबालिकालगायत वृद्धवृद्धाहरुको लागि खाना, लत्ताकपडा, किताब, कापीका साथै सडक सरसफाइ, जनचेताना मूलक कार्यक्रम सञ्चालन, जनावरहरुको हेरचाह गर्ने काममा युवाहरु एकजुट भएर खटिरहेका हुन्छन् ।
यस्तै सामाजिक काममा खट्ने एक युवाहरुको समुह हो, ‘मोही’ । यस समूहले पनि विभिन्न सामाजिक काम गर्ने गर्दछ । त्यसै क्रममा शनिबार साँझ ललितपुरको पाटनमा सडकका कुकुरहरुलाई खाना खुवाएको थियो । पाटनका गल्लीहरुमा खाना नपाएर अलपत्र परेका कुकुरहरुलाई ‘मोही’ले खाना खुवाएको हो ।
युवाहरूको समूह ‘मोही’ले शनिबार साँझ ललितपुरको पाटनमा सडकका कुकुरहरूलाई खाना खुवाएको छ । यस समूहले सालको पातबाट बनेको परम्परागत दुना टपरी प्रयोग गरी खाना खुवाइरहेका थिए । समान विचारधारा भएका युवाहरू समूह ‘मोही’ले ग्रीन शनिबार कार्यक्रम अन्तर्गत सडकका कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम राखेको थियो ।
युवा पुस्ताले बिर्सदै गएको परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने र युवाहरुलाई सामाजिक कार्य सकिर गराउने मोहीको उद्देश्य हो । यस समूहले खाना खुवाउनको लागि आफैँ बनाएका हुन् । उक्त कार्यक्रमका आयोजक सृजन थापाले भने, “हामीले यी टपरी थालीहरू आफ्नै हातले बनाएका छौं। केही सदस्यहरूले आज यी हाम्रा सांस्कृतिक, प्राकृतिक प्लेटहरू बनाउन पनि सिके ।”यसैगरी कार्यक्रममा सहभागी सदिक्षा केसीले भनिन्, ‘दुना टपरी बनाउन सिकेको यो पहिलो पटक हो । समुदायको लागि केही अर्थपूर्ण काम गर्दा हाम्रो सांस्कृतिक सम्पदासँग जोडिने यो एउटा राम्रो तरीका हो ।’
युवाहरुले टपरी बनाउनुका साथै परम्परागत जाँतोमा दाना पिसेर कुकुरका लागि खाना तयार पारेका थिए । त्यसै कार्यक्रममा सहभागी रेजिना बस्नेतले भनिन्, “हामीले हातले खाना पकाउने ढिलो प्रक्रिया महसुस गर्न चाहन्थ्यौं। जाँतोको प्रयोगले हामीलाई हाम्रा पुर्खाहरूले कसरी काम गरे भन्ने अनुभव गर्न र श्रमको मूल्य बुझ्न मद्दत गर्यो ।’