गुल्मी । रूरूक्षेत्र विकास समाज काठमाडौंले तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ६ गते शनिबार काठमाडौंको गौशाला स्थित पौवा होटलमा सम्पन्न गरिएको हो ।
काठमाडौंमा बसोबास गर्दै आएका रुरुक्षेत्रका बासिन्दाद्वारा यस विकास समाजको स्थापना गरिएको हो । रुरुक्षेत्रको समग्र विकास गर्ने उद्देश्यका साथ स्थापना गरिएको विकास समाजले यस साधारण सभाबाट आगामी माघे सक्रान्तिको दिन गुल्मीको तिर्थस्थल रिडिमा गंगा आरती गर्ने निर्णय गरेको छ ।
साधारण सभामा पूर्वमन्त्री राधा ज्ञवाली, पूर्व राजदूत लिलामणि पौड्याल नेपाल सरकारका सचिव आदरणीय रविलाल पन्थ, गुल्मेली समाजका उपाध्यक्ष समाजसेवी भिमलाल पौड्याल, साहित्यकार भागिरथी श्रेष्ठ रुरुक्षेत्र ४ नं का वडा अध्यक्ष मोति श्रेष्ठलगायत प्राध्यापक वर्ग बुद्दिजीवि तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारण सभा तथा अधिवेशनलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै रुरुक्षेत्र विकास समाज काठमाडौंले आफ्नो उद्देश्य अनुरुप काम गर्नको लागि मार्गदर्शन गर्न पनि आग्रह गरेको छ । साथै, रुरुक्षेत्रको समग्र विकासका लागि सबै एकजुट भएर काम गर्नुपर्ने पनि बताएको छ ।
यसका साथै तेस्रो साधारण सभाबाट रुरुक्षेत्र विकास समितिले नयाँ कार्यसमित समेत चयन गरको छ ।
नयाँ कार्यसमिति
डा. लक्ष्मी पौडेल – अध्यक्ष
डा. कविराज पौडेल – उपाध्यक्ष
कृष्ण प्रसाद गौतम – सचिव
फर्सुराम ज्ञवाली – सहसचिव
राम प्रसाद ज्ञवाली – कोषाध्यक्ष
सदस्यहरु
तुलसी बराल
ईन्दु ज्ञवाली
लोकेन्द्र मल्ल
नरेन्द्र बस्नेत
जानुका ज्ञवाली
जुना श्रेष्ठ
हुम बहादुर रेश्मी
कमल ज्ञवाली