गुल्मी । गुल्मीको रुरुक्षेत्र विकास समाजले यस वर्ष तेस्रो वार्षिक साधाणसभा तथा प्रथम अधिवेशन गर्ने मिति घोषणा गरेको छ । साधारण सभाको ब्यानर सार्वजनिक गर्दै विकास समाजले पुस ६ गते शनिबारको दिन दिउँसो १३ः३० बजे उक्त कार्यक्रम गर्ने घोषणा गरेको हो । रुरुक्षेत्र विकास समाज काठमाडौंले गौशालास्थित होटल पौवामा अधिवेशन गर्ने तय गरेको छ ।
काठमाडौंमा बसोबास गर्दै आएका रुरुक्षेत्रका बासिन्दाले यो विकास समाजको स्थापना गरेका हुन् । रुरुक्षेत्रको समग्र विकास गर्ने उद्देश्यका साथ रुरुक्षेत्रका बासिन्दाहरुको साझा संस्थाको रूपमा यसको स्थापना गरिएकाे हाे ।
Facebook Comments Box